संसद अवरोध भइरहे एमसीसी टेबल हुन सक्दैन : देव गुरुङ

संसद अवरोध भइरहे एमसीसी टेबल हुन सक्दैन : देव गुरुङ

काठमाडौंः नेकपा माओवादी केन्द्रले तत्कालको अवस्थामा एमसीसी संसदमा टेबल गर्न नहुने बताएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक एमसीसीको बारेमा सर्वपक्षीय छलफल हुनुपर्ने बताए ।

उनले भने, ‘एमसीसीको बारेमा सर्वपक्षीय छलफल हुनुपर्छ । सहमति र समझदारी मार्फत् टुंगोमा पुग्नुपर्छ । संशोधन र परिमार्जनका लागि छलफल गरौं । जति संशोधन गर्न सकिन्छ प्रयास गरौं । सदन सूचारु नभएको अवस्थामा त अघि बढ्न सकिँदैन ।’

माओवादीले एमसीसी टेबल गर्न संसद सूचारु हुनुपर्ने शर्त अघि सारेको छ । गुरुङले भने, ‘लोकतन्त्रमा विधिको शासनलाई फलो गर्नुपर्छ । विधिको मान्यतालाई फलो गर्ने हो भने प्रतिपक्षले सदन अवरुद्ध गरेको अवस्थामा एजेण्डा अघि बढ्न सक्दैन । संविधान, कानुन, ऐनसम्मत एजेण्डालाई अघि बढाउन सक्नुपर्छ । संविधान र ऐन विपरीत अघि बढ्नुहुँदैन । दलहरुको सहमतिबाट मात्रै एमसीसी टेबल गर्नुपर्छ । विधि त फलो गर्नुपर्‍यो । एजेण्डाहरुमा राष्ट्रिय सहमति हुनुपर्छ । विधिको शासनलाई फलो गर्ने कि जसलाई जे मन लाग्यो त्यहीँ गर्ने ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.