जबरजस्ती एमसीसी टेबल गर्न हुँदैन : झलनाथ खनाल

जबरजस्ती एमसीसी टेबल गर्न हुँदैन : झलनाथ खनाल

काठमाडौंः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी पास गर्न नहुने बताएका छन् । संसद बैठकपछि नेता खनालले दलहरुको सहमति बेगर एमसीसी सम्झौता संसदमा टेबल गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘एमसीसी जबर्जस्ती टेबुल गर्न हुँदैन । कतिपय विषय परिमार्जित हुन्छन्, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ ।’ एमसीसी संशोधनपछि मात्रै अनुमोदन गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विषय टेबल गर्न छलफलको वातावरण हुनुपर्ने बताए । प्रतिपक्षीको संसद अवरोधकाबीच एमसीसी टेबल हुन नहुने उनको भनाइ छ ।

उनले भने, ‘संसदमा छलफलको वातावरण छैन । अवरोध भइरहेको बेला टेबल गर्दा सांसदहरुले छलफल गर्न पाउँदैनन् । यो राष्ट्रिय महत्वको विषय पनि हो । एमालेको तर्फबाट कोही नेता पनि सहभागी भएनन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.