‘एमसीसी अमेरिकी जनताको उपहार हो, यो नेपालले मात्रै निर्णय गर्न सक्छ’

‘एमसीसी अमेरिकी जनताको उपहार हो, यो नेपालले मात्रै निर्णय गर्न सक्छ’

काठमाडौं : अमेरिकाले एमसीसी अनुमोदन गर्ने/नगर्ने नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ। नेपालस्थित अमेरिकी दूतावासले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रुपमा नेपालले मात्रै गर्न सक्ने स्पष्ट पारेको हो।

चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपाली नेताहरुलाई दबाब दिएको भनेको भोलिपल्ट शनिबार नेपालस्थित अमेरिकी दूतावासले एमसीसी अनुमोदन गर्ने/नगर्ने अधिकार नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको हो। 

यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्वन्धको ७५ औं वर्ष भएको स्मरण गराउँदै दूतावासले अमेरिका सदैब नेपालको साथमा रहेको र विकास सहायता, विपद् प्रतिकार्य, स्वास्थ्य, शिक्षालगायतमा सहयोग गरेको बताएको छ। एमसीसीले नेपाली जनताको जीवन सुधार गर्न, रोजगारी सिर्जना गर्न र पूर्वाधार विकाशमा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।

‘यो एमसीसीका लागि आएको ५० करोड डलर (५५ अर्ब रुपैयाँ)  रकम अमेरिकी जनताले दिएको उपहार हाे। जसले नेपालमा रोजगार सिर्जनता गर्न, नेपाली जनता जीवनस्तर उकास्न र पू्र्वाधार विकासमा सहयोग पुर्‍याउँछ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजना नेपाली जनता र नेपाल सरकारको आग्रहमा ल्याइएको हो। यसले नेपालको गरिबी निवारण र अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउने छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.