जनभावना विपरीत एमसीसी टेबल गर्नखोज्नु आपत्तिजनक : भीम रावल

जनभावना विपरीत एमसीसी टेबल गर्नखोज्नु आपत्तिजनक : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एमसीसी टेबल गर्न खोज्नु आपत्तिजनक भएको बताएका छन् ।

संसद बैठकमा बोल्दै रावलले भने, ‘स्वाधिनतामा काम गर्छ कि राष्ट्रघाती एमसीसी अनुमोदन गर्छ भनेर हेरिरहेका छन् । राजनीति दलको बीचमा सहमति नभई विपक्षीले अवरोध गरिरहँदा टेबल गर्नु गैरजिम्मेवार विषय हो ।’

‘एमालेले सदन अवरोध गरिरहेको र सरकारमा रहेका दलबीच सहमत नभएको र नेपाली जनताको हित विपरीत जनता सडकमा भएका बेला टेबल गर्नु आपत्तिजनक छ,’ उनले थपे ।  

‘यो देशमा कानुनी शासन चल्छ कि विदेशीका सामु लम्पसार परेर आफ्ना जनताको कुरा नसुन्ने,’ उनले प्रश्न गरे, ‘जनताको भावना विपरीत टेबल गर्नु आपत्तिजनक । अपमानजनक हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.