पल शाहविरुद्ध तनहुँ प्रहरीमा उजुरी
काठमाडौं : उमेर नपुगेकी किशोरीमाथि यौन सम्बन्ध राखेको आरोपमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको छ ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार यौन दुर्व्यवहारको उजुरी दर्ता भएको हो । पीडितका आफन्त प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
उजुरीमाथि छानविन गरेर शाहमाथि अनुसन्धान अघि बढाइने बताइएको छ ।
मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ ।
पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ ।
प्रतिक्रिया दिनुहोस !