एमालेको प्रतिक्रिया: संसद् समापन महाभियोग अड्काउने षडयन्त्र, सत्ता पक्षको गैरजिम्मेवारपनको पराकाष्ठा

एमालेको प्रतिक्रिया: संसद् समापन महाभियोग अड्काउने षडयन्त्र, सत्ता पक्षको गैरजिम्मेवारपनको पराकाष्ठा

काठमाडौं : नेकपा एमालेले संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई गैरजिम्मेवारीपनको पराकाष्ठाको संज्ञा दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्नै लाग्दा हठात् अधिवेशन अन्त्य गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेदेखि लागु हुनेगरी संघीय संसदको चालू अधिवेशन अन्त्य गरेकी छन्।

सरकारको यो निर्णयलाई एमालेले महाभियोग अड्काउने षडयन्त्र भनेको हो।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्ता पक्ष साह्रै गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाए। ‘हामीसँग कुनै सल्लाह गरेन। सारा संसारलाई छल्दै, ढाट्दै त्यति गैरजिम्मेवार ढंगले समापन गरियो,’ उनले भने।

नेम्वाङले महाभियोग सिफारिस समिति बनाएर छलफल गर्नु अघि नै संसद समापन गर्नुपर्ने महाभियोग अड्काइराख्ने नियत देखिएको बताउँछन्। ‘सत्ता पक्षले छापामार शैलीमा महाभियोग दर्ता गर्‍यो। यो जिम्मेवारीपूर्वक पास गर्न ल्याएको होइन। न्यायापालिकाको प्रमुख विरुद्धमा महाभियोग दर्तासम्म गर्न ल्याएको हो। निलम्बन गर्ने मक्सद पूरा भयो। षडयन्त्र पूरा भयो,’ उनले भने।

उनले आफ्ना माग सम्बोधनका लागि संसद अवरोध गरिरहेको स्थितिमा महाभियोगलाई निष्कर्षमा पुर्‍याउन आलोचनाको सामना गरेर सिफारिस समितिमा नाम दिएर पूर्णता दिएको भन्दै महाभियोग अघि बढ्ने भए पनि सरकारले हतार हतार अधिवेशन नै अन्त्य गरेको आरोप लगाए।

‘महाभियोगको समितिमा नाम दियौं। समिति बन्यो। सदनमा अवरोध गर्ने, समितिमा पनि नाम दिने भन्ने प्रश्न उठाइयो। त्यति प्रश्न उठ्दा उठ्दै पनि समितिलाई पूर्णता दियौं,’ उनले भने, ‘सभामुखले रुलिङ गर्दा सैद्धान्तिक छलफलपश्चात अब आगामी बैठकमा प्रस्तावमाथि छलफल हुन्छ भन्नुभयो। भोलि २ गते १ बजे बस्ने बैठकमा छलफल हुने र पछि हाम्रो अभ्यास र नियम बमोजिम संसदले बनाएको समितिमा पठाउथ्यो। समितिले काम गर्थ्यो। एउटा निष्कर्षमा पुग्थ्यो। कमसेकम काम अगाडि बढ्थ्यो। भोलि एक बजे संसद बैठक बोलाइएको छ। सभामुखले छलफल हुन्छ, समितिलाई जिम्मेवारी दिने भनेका थिए। तर आज संसदको समापन भयो।’

उनले थपे, ‘यो पृष्ठभूंमिमा सत्ता पक्ष साह्रै गैरजिम्मेवार ढंगले प्रस्तुत भयो। अब यो समितिले त सिन्को भाँच्न पाउँदैन। किनभने समितिलाई त बिजनेस नै दिएको छैन। यति गैरजिम्मेवार काम किन गरेको? महाभियोग लगाएर निलम्बन गरेर राखेको छ। यो साह्रै गैरजिम्मेवार, बेठिक काम भयो भन्ने हामीलाई लागेको छ। सत्ता पक्षले के गर्न खोजेको? गैरजिम्मेवारपनको पराकाष्ठ हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.