अर्थतन्त्र इतिहासमै नराम्रो गरी भाँसिएको अवस्था छ : ओली
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र इतिहासमै नराम्रो गरी भाँसिएको अवस्थामा पुगेको बताएका छन्।
एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले देशको अर्थतन्त्र धरमराएको बताएका हुन्। ओलीको भनाई उदृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराइले भने, ‘मुलुकले राष्ट्रिय गौरवका आयोजनाहरुमा पछिल्लो समयमा ठोस प्रगति हाँसिल गर्न सकेको छैन। यस्तो अवस्थामा एमाले चुप लागेर बस्न सक्दैन। एमालेले यसलाई शशक्त प्रतिवाद गर्छ।’
ओलीले यो चुनावमा ६५ देखि ७० प्रतिशत सीटमा एमालेले विजयी हाँसिल गर्ने दाबी गरे। एमाले देशभरी एक्लै चुनाव लड्ने बताउँदै उनले भने, ‘सबै स्थानीय तहमा एमालेले जित्छ। तसर्थ जनताको मन जित्नुपर्छ। हामीले आसनग्रहण खोज्ने होइन। योग्यतम उम्मेदवार खडा गरेर विजयी प्राप्त गर्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !