बर्दियामा गठबन्धन नहुने, सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

बर्दियामा गठबन्धन नहुने, सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

काठमाडौं : बर्दियामा सत्ता गठबन्धनले मित्रवत् प्रतस्पर्धा गर्ने निर्णय गरेको छ। बुधबार बसेको सत्ता गठबन्धको संयुक्त बैठकले बर्दियाको ८ वटै पालिकामा मित्रवत् प्रतस्पर्धा गर्ने निर्णय गरेको हो।

'पाँच दलीय गठबन्धन बर्दियामा रहेका पाँच वटै राजनीतिक दलमा रहेका तहगत नेता तथा कार्यकर्ताहरुको भावना अनुरुप जिल्लाका ८ वटै पालिकाहरुमा पाँच दलीय गठबन्धनबीच हार्दिकता कायम गरी मित्रवत् प्रतिस्पर्धा गर्दै स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेका छौं,' संयुक्त विज्ञप्तिमा भनिएको छ।

आगामी स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरु पूर्वाग्रह रहित, मित्रवत् प्रतिस्पर्धात्मकरुपमा सहभागी हुने कुरामा सहमत भए पनि निर्वाचन प्रचार प्रसारको अवधिमा स्थितिको मूल्याङ्कन गरी पालिका वा वडा तहबीच निर्वाचनका लागि आपसी सहमतिका आधारमा तालमेल गर्न सकिने सहभागी एक नेताले बताए।

'निर्वाचन प्रयोजनका लागि हामी पाँच दलीय गठबन्धनमा आबद्ध रहेकका दलहरुबीच बाहेक अन्य दलहरुसँग तालमेल नगर्ने कुरामा पूर्ण प्रतिबद्ध छौं,' विज्ञप्तिमा भनिएको छ, 'पाँच दलीय गठबन्धन जिल्ला स्तरीय संयन्त्रबीच भएको सहमति कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन एवं सुपरिवेक्षण गर्न पाँच सदस्यीय अनुगमन समिति बनाउने र स्थानीय तहको निर्वाचनलाई मित्रवत एवं स्वच्छ प्रतिस्पर्धा गरी निर्वाचनमा भाग लिनका लागि पाँच दलीय गठबन्धन बीच आचारसंहिता बनाई सबै तहगत संरचनामा सर्कुलर गर्ने।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.