मुग्लिन-नारायणगढ सडक सञ्चालनमा
चितवन : पहिराले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८:४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११:१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ। बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !