मिटरब्याजीविरुद्ध तत्काल कारवाही थाल्न सुरक्षा निकायलाई गृहको निर्देशन

मिटरब्याजीविरुद्ध तत्काल कारवाही थाल्न सुरक्षा निकायलाई गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराएको पाइए जानकारी गराउन भनेको छ।

मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी मिटर ब्याजमा रकम उपलब्ध गराउने क्रियाकलाप कोही कसैले नगर्न नगराउन भनेको हो।

विज्ञप्तीमा भनिएको छ, ‘त्यस्ता कार्य प्रचलित कानूनअनुसार दण्डनीय भएकोले त्यस किसिमका कानून विपरीतका क्रियाकलाप कोही कसैले नगर्नु नगराउनु हुन र यस्ता गतिविधिहरू भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाईमा जानकारी गराउनुहुन सर्वसाधारणमा अनुरोध गरिन्छ।’

गृहले मिटर ब्याजमा रकम उपलब्ध गराउने, सो बापत घर जग्गा लिखत पास गरी लिने दिने, यस बापत कानून विपरित ठूलो रकम ब्याज स्वरुप असूल गर्ने, सम्पति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रुपमा यातना दिने कार्य गैरकानूनी भएको पाइए कानूनबमोजिम कारबाही गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.