संसदमा अर्थमन्त्रीको राजीनामा माग
काठमाडौं : संसदमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ। नेकपा एमालेका सांसद नवीना लामाले सरकारको नैतिकता गुमेको भन्दै अर्थमन्त्रीको राजीनामा मागेकी हुन्।
‘बैंकमा ९ महिनायता पैसा छैन। व्यवसायीले ऋण पाएका छैनन्, विदेश उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुले बैंकको कारोबार गर्न पाएको छैन। नैतिकता गुमेको सरकार, अर्थमन्त्रीज्यूको राजीनामा माग गर्छु।’
सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको बताइन्। उनले भनिन्, 'इन्धन, मट्टितेल, ग्यासलगायतका सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ। त्योमात्र होइन, सबै क्षेत्रमा मूल्य बढेर निमुखा जनताको घरमा चुलो बाँड्न मुस्किल परेको छ। किसान रोइरहेको छ।’
प्रतिक्रिया दिनुहोस !