आर्थिक सहायता कटौती गरेको भन्दै यूएनएचसीआर कार्यालय अगाडि रोहिंग्याको विरोध प्रदर्शन (फोटो फिचर)
काठमाडौं : म्यानमारबाट विस्थापित भई नेपालमा शरणार्थीको रुपमा बस्दै आएका रोहिंग्या समुदायले नेपालस्थित शरणार्थी सम्बन्धी राष्ट्रसंघिय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि धर्ना दिएका छन् । यूनएचसीआरले रोहिंज्या शरणार्थी र उनका बालबच्चालाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको भन्दै उनीहरुले कार्यालय अगाडि सोमबार बिहान विरोध प्रदर्शन गरेका हुन् ।
रोहिंग्या शरणार्थीका बालबच्चाहरु स्कूल पोशाकमै यूएनएचसीआर अगाडि धर्ना दिएका थिए । यूएनएचसीआरले आर्थिक सहायता कटौती गर्दा बालबच्चाको स्कूलमा तिर्नुपर्ने शुल्क, पोशाकलगायत दिवा खाजामा समेत समस्या हुँदै आएको उनीहरुका अभिभावकले जनाएका छन् ।
नेपाल सरकारले नेपालमा बस्दै आएका रोहिंग्याहरुलाई अवैध आप्रवासीको संज्ञा दिएको छ। यद्यपी यूएनएचसीआरले भने उनीहरुलाई शरणार्थीको रुपमा मान्यता दिएको छ।










तस्बिर : सरोज बैजु
प्रतिक्रिया दिनुहोस !