राष्ट्रियसभामा बजेटमा हिनामिनादेखि सीसीटीभी फुटेज र नागरिकता विधेयकसम्म चर्चा
काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन माग गरेका छन्।
राष्ट्रियसभाको बिहीबारको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको भन्दै निर्णय सच्चाउन सरकारको ध्यानाकर्षण गराए।
मधेशमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको भन्दै उनले अहिलको विधेयकलाई नै छिटो पारित गर्नुपर्नेमा जोड दिए।
त्यस्तै उनले खेतीपातीको समयमासमेत मल उपलब्ध गराउन नसकेको भन्दै आपत्ति जनाए।
बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु सकरात्मक भएको उनको भनाइ थियो।
बैठकको विशेष समयमा सांसद उर्मिला अर्यालले अर्थमन्त्रीमाथि उठेका प्रश्नका बारेमा छानबिन समितिले सत्य अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने विश्वास व्यक्त गरिन्। सांसद सुमित्रा बिसीले अर्थमन्त्रीले तीन महिनासम्म राख्नपर्ने सीसीटिभी फुटेजलाई १३ दिनमै हटाएकोप्रति आपत्ति जनाइन्।
प्रतिक्रिया दिनुहोस !