महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी

महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी

महोत्तरी : हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यू आदेश जारी गरेको हो।

भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका-१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।

हिन्दू सम्राट सेना नाम गरेको एक सङ्गठनले निकालेको र्‍यालीका क्रममा आज हिंसा भड्किएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाइ फायरसमेत गर्नु परेको थियो। 

अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अवस्था अनियन्त्रित भएपछि सो क्षत्रेमा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.