काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी, मानुषी तेस्रो
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्। नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गर्दै पराजुली विजयी भएका हुन्।
निर्वाचन आयोगका अनुसार पराजुलीले ८७४३ उनका निकटतम् प्रतिद्वन्द्वी ६८०० मत प्राप्त गरेका छन्।
माओवादीको चुनाव चिन्ह लिएर लडेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६०६३ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस !
६