रामेछापको प्रदेश सभा (१) मा माओवादी केन्द्रका तारा नारायण श्रेष्ठ विजयी
काठमाडौं : रामेछापको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका तारा नारायण श्रेष्ठ विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार शान्ति प्रसाद पौडेललाई १ हजार ९९१ मतले पराजित गर्दै सत्ता गठबन्धनका श्रेष्ठ विजयी भएका हुन्।
श्रेष्ठ १७ हजार १४८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी पौडेलले १५ हजार १५७ मत ल्याए। श्रेष्ठ २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। हाल उनी माओवादी केन्द्र रामेछापको जिल्ला सचिव रहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिक्मत बहादुर सुनुवारले ३ हजार ४९५ मत ल्याएर तेस्रो स्थान बनाए भने एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका रमेश बस्नेतले २ हजार ८८ मत ल्याएर पाँचौ बनेका छन्।
प्रतिक्रिया दिनुहोस !