सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेस महामन्त्री गगन थापाको आपत्ति

सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेस महामन्त्री गगन थापाको आपत्ति

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलबाट छुटाने अध्यादेश कानुनी र नैतिक हिसावले गलत भएको बताएका छन्। थापाले पार्टीभित्र अध्यादेशका बारेमा छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका हुन्। 

थापाले ट्वीट गर्दै भनेका छन्, ‘यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ। यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ। सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।’

सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताए। उनले भने, ‘अहिलेको सरकार कामचलाउ हो, यसले दूरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानुनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।’

अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने बताए। थापाले भने, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडि बढाउन सक्छ। अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.