रेशम चौधरीलाई माफी दिनु राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले रेशम चौधरीलाई माफी दिनु राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन्। कोइरालाले अध्यादेशमार्फत् कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका हुन्।
कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’
प्रतिक्रिया दिनुहोस !