पेलेको मृत्युपछि एम्बाप्पे लेख्छन्- उनको विरासत कहिल्यै बिर्सिइने छैन

पेलेको मृत्युपछि एम्बाप्पे लेख्छन्- उनको विरासत कहिल्यै बिर्सिइने छैन

पेरिस : ब्राजिलियन महान् फु्टबलर पेलेको निधनपछि फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले दु:ख व्यक्त गरेका छन्। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका पेलेको ८२ वर्षको उमेरमा गए राति ब्राजिलको साओ पाउलोमा निधन भएको थियो।

पेलेलाई एकदमै धेरै सम्मान गर्नेमध्ये एक एम्बाप्पले उनका थुप्रै कीर्तिमान पनि तोडेका छन्। गत विश्वकपमा आफ्नो कीर्तिमान तोडेपछि पेलेले एम्बाप्पेलाई अस्पतालबाटै बधाईसमेत दिएका थिए।

उनको निधन पश्चात एम्बाप्पले ट्वीटमा लेखेका छन्- 'फुटबलमा राजाले हामीलाई छाडे, तर उनको विरासत कहिल्यै बिर्सिइने छैन।'

पेलको निधनपछि अर्जेन्टाइन कप्तान लियोनेल मेसी, पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलगायत विश्वभरका फुटबलर तथा प्रतिष्ठित व्यक्तित्वहरूले पनि समवेदना प्रकट गरिरहेका छन्।

पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप जिताएका थिए। उनी तीन फिफा विश्वकप जित्ने एक मात्रै खेलाडी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.