अर्थतन्त्र जोगाउँछु : अर्थमन्त्री पौडेल

अर्थतन्त्र जोगाउँछु : अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगे पनि जोगाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’  विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जिम्मेवारी सम्हालेदेखि नै अर्थतन्त्रको गहिरो अध्ययन गर्न लागेको बताए। कोभिड, नाकाबन्दी र भूकम्पको सजिलै सामना गरेको नेपालको अर्थतन्त्र किन संकटमा पुगेको भन्दै  चिन्ता गर्नुपर्ने अवस्था रहेको उनले बताए। 

अर्थतन्त्र जोगाउन सक्षम पाइलट खोज्ने र इन्जिन चेक गर्ने अवस्था आएको भन्दै उनले राम्रो बनाउन लागिपर्ने बताए। ‘समस्या समाधान गर्न सार्थक र परिणामुखी निर्णय गर्ने योजनामा छु,’ उनले भने, ‘राजस्व परिचालन, करको दायरा र राजस्व प्रशासन, पुँजीगत खर्च गर्नमा सुधार गर्न मेरो ध्यान जानेछ।’ 

अनुत्पादक क्षेत्रको खर्च घटाउँदै उत्पादनतर्फ अघि बढ्ने, आर्थिक अनुशासनमा ध्यान दिने र मितव्ययी बन्ने अर्थमन्त्री पौडेलले बताए। निजी क्षेत्र र सरकार एकअर्काका पूरक भएर समस्या समाधान गर्ने उनले बताए। 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पटकपटक अर्थतन्त्र दुर्घटनाबाट जोगिएको बताए। सुरक्षित अवतरण गराउन इन्जिन र पाइलट सही आएकाले अर्थतन्त्र छिट्टै लयमा फर्किने विश्वास व्यक्त गरे।  पर्यटनभन्दा शिक्षाको नाममा बढी पैसा बाहिरिएकोमा सचेत हुनुपर्ने उनको भनाइ छ। नयाँ उद्योग खोल्नभन्दा क्षमतामा चलाउन ध्यान दिनुपर्ने उनले बताए। ‘अर्थतन्त्र शिथिल भइरहेकाले उत्पादन, रोजगारी र निर्यात बढाउन योजना ल्याउनुपर्छ’ उनले भने। 

निक्षेपमा एक प्रतिशत ब्याज घटेसँगै कर्जामा दुई प्रतिशत ब्याज घट्ने उनले बताए। स्थानीय तहबाटै जग्गाको वर्गीकरण गर्नुपर्ने उनले बताए।  चालू पूँजी कर्जा भन्दै ऋण लिएर स्थिर पुँजीमा लगानी गर्नु उचित नभएको उनले बताए।

हाउजिङमा कर्जा खुकुलो बनाउँदै सिमेन्ट र छडको व्यापार बढाउनुपर्नेमा जोड दिए।  अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र झन् खस्किने अवस्था देखिएको बताए।  विश्व अर्थतन्त्र नै मन्दीमा जाने संकेत देखिएको उनको भनाइ छ। 

कोभिड– १९ र रसिया–युक्रेनको युद्धले अर्थतन्त्रमा असर पुगेको उनले बताए।  महँगी बढ्न सक्ने उनले बताए।‘नेपाल विश्व अर्थतन्त्रसँग प्रत्यक्ष वैदेशिक लगानी, निर्यात, पर्यटनमा कम निर्भर छ, मुख्य स्रोत रेमिट्यान्स हो। जुन सन्तोषजनक देखिएको छ,’ उनले भने, ‘हामी केही जोगिन सक्छौं। हाम्रो क्षेत्रीय अर्थतन्त्रका कारण त्यति जोखिम नहुन सक्छ।’

अनुदान घट्दै गएको र ऋण बढ्दै गएको उनले बताए। चालू खर्च बढी हुनु र पुँजीगत खर्च हुन नसक्नु पनि चिन्ताजनक अवस्था रहेको उनको भनाइ छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति र वित्त नीतिबीच समन्वय नहुँदा संकट आएको बताए। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग साझेदार गर्नुपर्ने उनले आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.