आर्थिक सामर्थ्यलाई राम्रो बनाउन सबैको साथ चाहिएको छ : अर्थमन्त्री पौडेल

आर्थिक सामर्थ्यलाई राम्रो बनाउन सबैको साथ चाहिएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल मुलुकमा आर्थिक सामर्थ्यलाई राम्रो बनाउन लागि परेको बताएका छन्। शनिबार कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक चुनौती खडा भएकाले आर्थिक सामर्थ्यलाई राम्रो बनाउन सरकारलाई सबैको साथ चाहिएको बताएका हुन्। 

उनले चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन, गत वर्षको भन्दापनि कम राजश्व संकलन भइरहेको जानकारी गराए। एमाले उपाध्यक्षसमेत रहेका पौडेलले अर्थतन्त्र ठिक ठाउँमा ल्याउन मितव्ययता, खर्च र सुविधाको कटौतीका लागि सरकारले सिंगो देशलाई आह्वान गरिरहेको स्पष्ट पारे। उनले अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती रहेको धारणा राखे। 

पौडेलले सरकारले बाधा सिर्जना गर्ने नभई सहजीकरण गर्न लाग्ने बताए। उनले व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध शत्रुतापूर्ण नभई मित्रवत् हुनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.