आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ : अर्थमन्त्री

आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ : अर्थमन्त्री

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताएका छन्। 

कृषि विकास बैंक लिमिटेडको ५६औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४/१५ प्रतिशत मात्रै हुनु अर्थतन्त्रमा ठुलो चुनौती भएको बताएका छन्। 

'राजस्व परिचालनमा चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसक्नुले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ', उनले भने।

गत वर्ष यही समयमा राजस्व परिचालनभन्दा पनि यस वर्ष झन पछाडि परेको उनको भनाइ छ। आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गदै आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको उनले बताए। 

अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैंकको साथ पाउने जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.