बैतडीमा बाढीले बगाउँदा आमाछोरीको मृत्यु
बैतडी : बैतडीमा नुहाउँदै गरेका आमा छोरीलाई खहरे खोलामा आएको बाढीले बगाएर मृत्यु भएको छ। बैतडीको दशरथ चन्द नगररपालीका ६ सुकुट्टी भन्ने स्थानमा बुधबार साढे पाँच बजेतिर नुहाउँदै गरेका आमाछोरीको भलले बगाएर मृत्यु भएको हो।
सुकुट्टीका मदनराम महरकी २४ बर्षीया सुनिता महर र ६ बर्षीया छोरी करिश्माको भलले बगाएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
साँझ ५ः३० बजे बैतडीमा भिषण वर्षा भएको थियो। वर्षापछि अचानक आएको खहरेले आमाछोरीलाई बगाएर चार सय मिटर तल लगेको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो।
प्रही निरीक्षक विष्टका अनुसार बालिकाको शव नुहाइरहेको स्थानबाट चार पाँच सय मिटर र आमालाई झण्डै डेढ किलोमिटर तल बाट निकालेको जानकारी दिनुभयो। मृतक सुनिताका श्रीमान वैदेशिक रोजगारमा छन्।
प्रतिक्रिया दिनुहोस !