किर्ते हस्ताक्षरबाट राहदानी र नागरिकता बनाउन खोज्ने तीन पक्राउ

किर्ते हस्ताक्षरबाट राहदानी र नागरिकता बनाउन खोज्ने तीन पक्राउ

जनकपुरधाम: अधिकार प्राप्त अधिकारीको किर्ते हस्ताक्षर गरी राहदानी र नागरिकता बनाउने खोज्ने तीनजना पक्राउ परेका छन् । धनुषा जिल्लाको बटेश्वर ५ निवासी २२ वर्षीय भरत रविदास र अन्दुपट्टी ९ निवासी ५५ वर्षीय बसन्ता मुखियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट राहदानी सिफारिसको फारम लिएर काठमाडौं राहदानी विभागमा पुगेका थिए ।

राहदानी विभागमा उनीहरुको फारममा प्रशासकीय अधिकृतद्वारा गरिएको हस्ताक्षर नमिलेको जस्तो लागेर अधिकारीहरुले काम अघि बढाउन रोक लगाएका थिए । फाराममा रहेको हस्ताक्षर धनुषाका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विपिन कुमार ठाकुरको नामको रहेको थियो । राहदानी विभागले फारामको हस्ताक्षर सहि हो/होइन भन्ने बारे बुझेर पठाईदिन भन्दै जिल्ला प्रशासन कार्यालयलाई भनेपछि प्रशासकीय अधिकृत ठाकुरले ति फारमहरुमा आफ्नो हस्ताक्षर नरहेको र यो हस्ताक्षरहरु किर्ते रहेको जवाफ पठाएका थिए ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरि किर्ते फारम भरेर राहदानी बनाउन खोजेकाहरुलाई पक्राउ गरिदिन निर्देशन दिएपछि दुई दिन अघि काठमाडौंबाट रविदास र मुखियालाई समातेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याईएको धनुषाका प्रहरी उपरिक्षक लालमणि आचार्यले बताउनु भएको छ ।

त्यसैगरी मंगलबार जनकपुर उपमहानगरपालिका २३ बस्ने १८ वर्षीय नितु देवीको नागरिकता बनाउनका लागि भरिने फाराममा क्षीरेश्वरनाथ नगरपालिका ११ बस्ने गजेन्द्र बहादुर कोइरालाले किर्ते सहि गरि पेश गर्न लगाएको थाहा पाएपछि कोइरालालाई पनि प्रहरीले पक्राउ गरेको हो । किर्ते कागजात पेश गरेको आरोपमा तीनैजना माथि मंगलबार म्याद थप गरि मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.