गुण्डागर्दी निस्तेज पार्ने घोषणा
तुलसीपुर : प्रदेश नम्बर ५ को प्रहरी मुख्यालय दाङको तुलसीपुरमा स्थापना गरिएको छ । साविकको राप्ती अञ्चल प्रहरी कार्यालयलाई एआइजीको कार्यालयमा रुपान्तरण गरेर विहिवारदेखि संघीय प्रहरी कार्यालय बनाइएको हो ।
पाँच नम्बर प्रदेश प्रमुखमा मिङमार लामा आएका छन । बुधवार दाङ आएका लामाले विहिवार मुख्यालयमा पदभार समेत ग्रहण गरेका छन । सरकारले प्रदेशको मुकाम नतोके पनि प्रहरीको संघीय कार्यालय दाङमा राख्ने निर्णय गरेपछि संघीय प्रहरी प्रमुख लामा दाङ आएर काम सुरु गरेका छन । उनले ५ नंम्बर प्रदेशमा प्रहरीको पहिलो प्रथामिकता गुण्डागर्दी नियन्त्रण र प्रहरी भित्रको पारदर्शिता रहेको वताएका छन ।
कार्यालय स्थापनापछि आयोजित पत्रकार भेटघाट कार्यक्रमा एआइजी लामाले शान्ति सुरक्षा कायम आफनो पहिलो प्राथामिकतामा रहेको वताएका छन । उनले त्यसको लागि सबै खाले गुण्डाराजको अन्त्य गर्ने वताए । ‘प्रहरीको पहिलो कर्तव्य शान्ति सुरक्षा दिनु हो’ उनले भने ‘त्यसका लागि पहिला गुण्डागर्दी नियन्त्रण हो, सबै खाले गुण्डागर्दीलाई निस्तेज पार्छु ।’
‘प्रहरी संगठनलाई भ्रष्टाचार मुक्त प्रहरी प्रशासन र गुण्डारहित समाज मेरो प्राथमिक्ता हो’ एआईजी लामाले भने, ‘प्रहरीको सक्रियता पनि अव बढने छ ।’
लामो समय ट्राफिक महाशाखा प्रमुखमा रहेका एआईजी लामाले समाजमा जस्तुसुकै आवरणमा रहेका गुण्डाहरुलाई नियन्त्रण गरेर नागरिकको सुरक्षा प्रदान गर्ने वताए । ‘प्रहरी संगठनबाट मानव अधिकार हनन हैन, मानव अधिकार संरक्षण गर्नै छा’ै,उनले भने । प्रहरीको संघीय कार्यालयको संरचना कस्तो हुनेमा आफु नै अन्यौेलमा रहेको भन्दै ऐन नआउँदा कार्य सम्पादनमा केहि अन्यौल रहेको वताए । उनले ऐन आएमा प्रहरीको संरचना स्थापना गरिने वताए । संघीय प्रहरी ऐन नवनेकाले काम कर्तव्य र अधिकारमा अन्यौल भएको भन्दै ऐन बनेपछि प्रदेश प्रहरी मुख्यालय सक्रिय रहने वताए ।
एआईजी कार्यालयको भौतिक पुर्वाधार नभएकाले आउँदो निर्वाचनसम्म तुलसीपुरमा रहेको कृषि विकास वैंकको पुरानो भवन भाडामा लिएर संघीय प्रहरी मुख्यालय स्थापना गर्ने तयारी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस !