बालकको हत्यापछि कन्चनपुरमा तनाव, आरोपीको घरमा आगजनीको प्रयास

बालकको हत्यापछि कन्चनपुरमा तनाव,  आरोपीको घरमा आगजनीको प्रयास

महेन्द्रनगर: कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। मृतकका आफन्तले हत्या गर्ने आशिष अधिकारिको घर गोठमा आगजनी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो। आक्रोशित समुहले अधिकारीको गोठमा आगजनी गरिदिएका छ्न्।

 

आगजनीबाट गोठ पुरै जलेर नष्ट भएको छ। आगजनी गरे लगत्तै आगो निभाउन दमकल पुगेपनि स्थानीयले अवरोध गरेपछि गोठ पुरै जलेको हो। घरमा समेत आगजनीको प्रयास हुन थालेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ९ सेल अश्रुग्याँस हानेको छ। आक्रोशित स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्।

त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। स्थानीय प्रशासनले स्थिती बिग्रीन नदिन घट्नास्थल वरपरको ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ। समयसीमा नतोकेरै निषेधित क्षेत्र घोषणा गरिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए।

दक्षिणमा खैरेनी राम मन्दिर, पूर्बमा भिमदत्त नगरपालिकाको ३ र ७ नम्बर वडाको सीमा, उतरमा निर्माणाधीन महाकाली नहर र पश्चिममा घटनास्थल रहेको छ। चारदिनदेखि हराइरहेका बालक तिलक चन्दको हत्या भएको अवस्थामा बुधबार शब भेटिएपछि परिवार र आफन्त आक्रोशित बनेका हुन्।

स्कुलको खाजा खाने समयमा हराएका बालक चार दिन पछि स्कुलदेखि २ सय मिटरको दूरीमा रहेको खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। प्रहरीले हत्या गर्ने उनकै सहकर्मी आशिष अधिकारीलाई पक्राउ गरिसकेको छ। उनीसहित प्रकाश थापा र रमेश खड्कासमेत पक्राउ परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.