शरदकुमार गौचन गोलीकाण्ड : दुई दिनमै छानबिन संयोजक परिवर्तन !
काठमाडौं : सोमबार दिउँसो राजधानीको नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या घटनाको छानबिनका लागि बनेको समितिका संयोजक दुई दिनमै परिवर्तन भएका छन्। सोमबार नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य भएको समिति बनेको थियो।
प्रहरीले छानबिन समितिको विस्तार भन्दै मंगलबार शेरबहादुर बस्नेतलाई संयोजकबाट हटाएर डीआईजी गणेश केसीको संयोजकत्वमा नयाँ समिति बनाएको छ। हिजो संयोजक बनेका बस्नेतलाई सदस्य बनाइएको छ भने तीन सदस्यमा अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नाम थप गरिएको छ।
घटनाको विशेष अनुसन्धानका लागि गठित समितिको संयोजक दुई दिनमै परिवर्तन गरिएको हो। नेपाल प्रहरीको महानगरीय महाशाखा, सीआईबी तथा लोकल युनिटले आफ्नोतर्फबाट गर्नुपर्ने अनुसन्धान सँगै यो समितिले विशेष अनुसन्धान गर्ने बताइएको छ।
हत्या गरिएका व्यवसायी गौचन एक वर्षदेखि सुरक्षा 'थ्रेट'मा
प्रतिक्रिया दिनुहोस !