सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते

 

सिन्धुली : मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका-४ टर्कीबेसीमा आइतबार राति बोलेरो दुर्घट्ना हुँदा एकै गाउँका चार जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
सिन्धुलीको खुर्कोटबाट फिक्कल गाउँपालिका-४ स्थित खाङ्साङको पोटीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको डवल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले जानकारी दिए ।

 

 

फिक्कल गाउँपालिका-४ का ४० वर्षीय अम्मरबहादुर दर्लामी, सोही ठाँउका वर्ष ४० वर्षीय रामप्रसाद बराल र ५९ वर्षीय दिपबहादुर मगरको घटनास्थलमै मृत्यु भएको र ६० वर्षीय नरबहादुर बलमपाखी मगरको खुर्कोटस्थत सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी फिक्कल गाउँपालिका-४ का ४१ वर्षीय धनबहादुर पुर्वाछान गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौंस्थित बी एण्ड बी अस्पतामा रिफर गरिएको प्रहरी प्रमुख केसीले बताए ।

अन्य ६ घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने र घाइते हुनेहरु एकै गाउँका र आफन्त रहेको प्रहरीले जनाएको छ ।  उनीहरु भूकम्प पीडितले पाउँने दोस्रो किस्ता बापतको १ लाख ५० हजार रकम अनुदान लिएर घर फर्कदै गर्दा उकालो सडकमा बोलेरो दुर्घट्नामा परेको बताइएको छ।

दुर्घट्ना पछि बोलेरोको चालक फरार भएको भएपनि हाल इलाका प्रहरी कार्यालयले खुर्कोटले नियन्त्रणमा लिएको जनाइएको छ । मृतकहरुको शव पोष्ट मार्टमका लागि सिन्धुली अस्पताल ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण एकिन नभएको र दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.