कुखुरा भन्दै काठ तस्करी

कुखुरा भन्दै काठ तस्करी

सुर्खेत : कुखुरा ओसार्ने गाडीबाट काठ तस्करी हुने गरेको फेला परेको छ । कुखुरा र दाना ओसार्न प्रयोग हुने गाडीमा काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयले निगरानी बढाएको छ । सोही क्रममा वन कार्यालयले दुई जिप सालको चिरान काठसहित पाँच जनालाई पक्राउ गरेको छ ।

रातभर जाग्राम बसेका वन कर्मचारीको टोलीले शनिबार बिहान ३ बजे काठसहित पाँच जनालाई पक्राउ गरेको हो । सबैको ध्यान निर्वाचनमा केन्द्रित भइरहेका बेला तस्करले गाउँबाट अवैध ढंगले वीरेन्द्रनगरमा काठ ओसार्न थालेका हुन् । लामो कसरतपछि ठूलो मात्रामा चिरान काठसहित पाँच जनालाई समात्न सकेको जिल्ला वन कार्यालयले जनाएको छ ।

‘तल चिरान काठ राखेर माथि कुखुरा र दानाले छोप्ने रहेछन्', जिल्ला वन अधिकृत हेमराज विष्टले भने, ‘बाहिरबाट हेर्दा कुखुरा देखिने, कसैले शंका गर्ने ठाउँ पनि भएन । तर, तस्करले कुखुरा देखाएर काठ पो ओसार्ने रहेछन्, हामीले गस्ती बढाएपछि तस्करले नयाँ उपाय अपनाएछन् ।' वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले वीरेन्द्रनगर भित्रिने नाका बांगेसिमलबाट अभियुक्तलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर-२ का गणेश सुनार, डोलबहादुर सुनार, वीरेन्द्रनगर-१८ का अर्जुन बस्याल, बराहताल गाउँपालिका-८ का चन्दबहादुर थापा र दैलेखको गुराँस गाउँपालिका-४ का लालबहादुर विक पक्राउ परेको वन कार्यालयले जानकारी दिएको छ ।

 

गाडी र चालक नियन्त्रणमा लिए पनि वन कार्यालयले गाडीधनी र काठ तस्करलाई भने पक्राउ गर्न सकेको छैन ।

गणेश र डोलबहादुर जिप चालक हुन् । अर्जुन र लालबहादुर सहचालक भएको वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार लु.१च ८३६२ र लु.२च ३४३ नम्बरका जिप काठ तस्करीमा प्रयोग गरेको भेटिएपछि नियन्त्रणमा लिइएको छ । गाडी र चालक पक्राउ परे पनि गाडीधनी र काठ तस्करलाई भने वन कार्यालयले पक्रन सकेको छैन । दुवै जिप वीरेन्द्रनगर-६ स्थित पाण्डे एग्रोभेटको भएको खुलेको छ । बराहताल गाउँपालिकास्थित ओदाल तालबाट काठ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठ तस्करीबारे थप अनुसन्धान थालेको अधिकृत विष्टले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.