बोलेरो दुर्घटनामा शिशुको मृत्यु

बोलेरो दुर्घटनामा शिशुको मृत्यु

चरिकोट : चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशुको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ।सोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो ब्रेकक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् भने दुईको अवस्था सामान्य रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार भीमेश्वर नगरपालिका–१ ओडारे भन्ने स्थानमा ब्रेकफेल हुँदा बोलेरो करिब २५ मिटर तल झरेको छ। गम्भीर घाइतेको साधारण चेकजाँच पछि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको थियो।

मृत्यु हुनेमा रामेछाप जिल्ला साविकको प्रीति गाविस ९ का २५ वर्षीय नानिमाया तामाङको एक महिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए। आमा नानिमायाको अवस्था पनि चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ।

नानिमायाको धुलिखेल अस्पताल, काभ्रेमा उपचार भइरहेको छ। गाडीमा सवार अन्य भने सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ। गाडी धनी तथा सवारी चालक कालीञ्चोक गाउँपालिका–२ बस्ने २४ वर्षीय निमा शेर्पा र बिगु गाउँपालिका–९ का ३५ वर्षीय चन्द्रकुमारी तामाङको अवस्था सामान्य रहेको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.