पेस्तोल देखाएर लुटपाट

पेस्तोल देखाएर लुटपाट

भक्तपुर : सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा मंगलबार राति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन्। काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४:३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए।

दशजनाको नकाबधारी समूहले राति करिब २:३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर भित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उनले जानकारी दिए।

प्रहरीका अनुसार नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका थिए। अनुसन्धानबाट लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद एक लाख ६२ हजारलगायत १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको  प्रहरीको भनाइ छ।

पीडित तामाङका अनुसार नकाबधारी समूहमा आएकाले एकजनाले पेस्तोल देखाएको, एकजनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए। हतियार देखाएर परिवारका सबैलाई कब्जामा लिई सुरुमै सबैको मोबाइल लिई हातखुट्टा बाँधी आतंकित बनाएर लुटपाट गरेको उनको बताए। लामाले भने, 'आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान् कि भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भने पछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो।'

लुटेरा समूह मध्येका एकले जाने बेलामा लामाको छोराको गालामा म्वाइ खाएर सुमसुम्याएर गएको बताउँदै प्रहरीले लुटेरा समूहमा लामासँग चिनजान भएका, घरमा आउनेजाने गर्ने व्यक्ति भएको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले चौतर्फी लुटेरा समूहको खोजी गर्दै अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.