भरुवा बन्दुकसहित एक पक्राउ
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका ७ बाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । जंगलमा बन्दुक पड्किएको आवाज आएपछि खोजतलासका लागि गएको प्रहरी टोलीले कानेपोखरी –६ का दलबहादुर गुरुङलाई भरुवा बन्दुक सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नीरिक्षक विजय श्रेष्ठले बताए ।
जंगलमा शिकार गर्दै गरेको अवस्थामा उनलाई बन्दुक सहित पक्राउ गरिएको हो । गुरुङ लामो समयदेखि वन्यजन्तु चोरी शिकारीमा संलग्न रहेको खुलेको छ । गुरुङ विरुद्ध प्रहरीले शुक्रबार हातहतियार खरखजनाको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !