कालिकोटको सिमी र फापर काठमाडौं पठाइँदै
कालिकोट : नेपाल खाद्य संस्थान कालिकोटले जिल्लामा उत्पादित सिमी र फापर खरिद गरेर बाहिर निर्यात गर्ने भएको छ । नेपाल खाद्य संस्थान कालिकोटले विगत चार वर्षदेखी नियमित रुपमा सिमी र फापर खरिद गरेर जिल्ला बाहिर निर्यात गर्दै आएको छ ।
नेपाल खाद्य संस्थान कालिकोटका प्रमुख झक्कुप्रसाद आचार्यले नेपाल सरकारको नीति अनुसार नै जिल्लाका स्थानिय कृषकको हीत प्रवद्र्धनका लागि खाद्य वस्तु खरिद गर्न लागेको बताए । यस वर्ष सिमी एक सय क्वीन्टल र फापर ३० क्वीन्टल खरीद गर्ने उनको भनाइ छ । उनले भने, ‘हालसम्म फापर ३० क्वीन्टल, सिमी ५० क्वीन्टल खरीद भईसकेको छ ।’ आचार्यका अनुसार सिमी प्रति किलो एक सय २५ रुपैयाँ र फापर प्रति किलो ८० रुपैयाँका दरले खरिद गरिँदैछ ।
नेपाल खाद्य संस्थानले जिल्लाका स्थानिय उत्पादन खरीद गरी निर्यात गर्न थालेपछि स्थानिय किसान खुसी भएका छन् । गाँउमा किसानले दुख गरेर उत्पादन गरेको सिमी ६०७० रुपैयाँमै बजारका होलसेल व्यापारीलाई विक्री गर्नु पर्ने वाध्यता छ । किसानहरु नेपाल खाद्य संस्थानबाट प्रति किलो एक सय २५ रुपैयाँ मूल्य पाए पछि खुसी भएका हुन् ।
पचालझरना गाउँपालिका –७ का किसान धनराश बोहोराले जिते बजारमा सिमी प्रति किलो ८० रुपैयाँमा बिक्री गरेको बताए । तर त्यही सिमी बजारबाट अन्य उपभोक्ताले एक सय ३० रुपैयाँमा किन्नु पर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस !