डा. गोविन्द केसीकै तीन जन्ममिति, केसी भन्छन्: दुई प्राविधिक, एक मानवीय त्रुटि

डा. गोविन्द केसीकै तीन जन्ममिति, केसी भन्छन्: दुई प्राविधिक, एक मानवीय त्रुटि

काठमाडौं : प्रा.डा गोविन्द केसीले आफ्ना तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्। जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक जन्ममिति भएको स्वीकार गरेका हुन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आन्दोलनमा रहेका केसीकै जन्ममिति फरक-फरक भेटिएपछि उनको विरोध सुरु भएको थियो। सोही विरोधलाई साम्य पार्न पत्रकार सम्मेलन गरेर डा. केसीले आफ्नो फरकफरक जन्ममिति भएको स्वीकार गरेका हुन्।

पत्रकार सम्मेलनमा केसीले सार्वजनिक गरेको विज्ञप्तिमा नागरिकताको जन्ममिति २०१३ असोज २७, एसएलसीको चारित्रिक प्रमाणपत्र २०१३ माघ २४ र सहप्राध्यापकमा बढुवाका लागि भरेको आवेदन फारममा २०१३ मंसिर २७ गते उल्लेख भएको स्वीकार गरेका हुन्।

शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा केसीले सार्वजनिक गरेको विज्ञप्तिमा भनेका छन्, ‘मेरो नागरिकता तथा शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरु देखाउनु म आफ्नो कर्तव्य ठान्छु। तीमध्ये एसएलसीको चारित्रिक प्रमाणपत्रबाहेक सबै शैक्षिक प्रमाणपत्रहरुमा मेरो जन्म मिति २०१३ साल असोज २७ गते रहेको छ भने प्राविधिक त्रुटिवश एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्म मिति २०१३ माघ २४ गते हुन गएको छ।’

केसीले सहप्राध्यापकको बढुवा फारममा भने मानवीय त्रुटि भएको स्वीकार गरेका छन्। ‘मैले बढुवाका लागि भरेका आवेदनहरुमा पर्न गएको फरक जन्म मितिको कुरा छ, तिनमा मानवीय त्रुटि भएको म स्वीकार्छु’, केसीले विज्ञप्तिमा भनेका छन् , ‘साथै त्यस्ता त्रुटि नहोउन् भनेर त्यसी भरिएका आवेदनहरुलाई सम्बन्धित कार्यालयमा बुझाइएका नागरिकता र शैक्षिक प्रमाण्पत्रका प्रतिनिधिहरुसित रुजु गर्ने अभ्यास हुन्छ। यस प्रसंगमा त्यसरी रुजु गरेर सच्याउन आग्रह गरिएको भए ती त्रुटि उहिल्यै सच्चिइसक्ने थिए।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.