मनोज पुनले नागरिकता बिना पासपोर्ट लिएको खुलासा

 मनोज पुनले नागरिकता बिना पासपोर्ट लिएको खुलासा

परासी : गएको बुधबार प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके मनोज पुनले नागरिकता बिना नै जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट मेसिन रेडिएबल पासपोर्ट (एमआरपी) लिएको खुलेको छ ।

इन्काउण्टरमा मारिएपिछ फेला परेका कागजातका आधारमा प्रहरीले पुनका दुई नागरिकता र राहदानी भएको बताउँदै आएको छ । तर जिल्ला प्रशासन कार्यालयबाट लिएको राहदानी नागरिकता बिना नै लिएको पाइएको छ ।

राहदानी लिँदा पुनले अर्कै व्यक्तिको नामको नागरिकता नम्बर उल्लेख गरेका छन् । पुनलाई राहदानी दिलाउन कर्मचारीकै मिलमतोमा भएको आशंका समेत गरिएको छ ।

जिल्ला प्रशासनको रेकर्डमा पुनले सुनिलकुमार रानाको नाउँबाट २०७२ असोज १८ ( ५ अक्टुबर २०१५) मा राहदानी लिएको देखिएको छ । राहदानी नागरिकताका आधारमा दिने र राहदानी फारमसँगै नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्ने प्रावधान छ ।

पुनलाई प्रतिलिपि बिना नागरिकता नम्बर मात्रको आधारमा राहदानी दिइएको पाइएको छ । राहदानी फारममा उल्लेख गरिएको ८५८६४ नम्बरको नागरिकता नवलपरासी सरावल गाउँपालिका–७ का कुमार चौधरीको रहेको जिल्ला प्रशासनले जनाएको छ । चौधरीले २०६२ फागुन १६ गते नागरिकता लिएको रेकर्डमा उल्लेख छ ।

राहदानी लिन आउँदा सक्कल नागरिकता हेरेर कर्मचारीले नागरिकता फाँटमा अभिलेख भिडाउने गर्छन् । अभिलेख दुरुस्त देखिए मात्र राहदानीका लागि अधिकृतले प्रमाणित गरी सिफारिस गर्ने प्रावधान छ । सबै प्रकृया पुरा नगरी राहदानी दिएको पाइएपछि कर्मचारीले ठूलै आर्थिक चलखेल गरेको आशंका गरिएको छ ।

पुनको उक्त राहदानीमा तत्कालिन प्रशासकिय अधिकृत रमेश गौतमको हस्ताक्षर छ । गौतम हाल अर्घखाँचीको सन्धिखर्क नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन् ।
जिल्ला प्रशासनको रेकर्डमा पुनले राहदानी लिएको मितिमा २७ जनाले राहदानी लिएको पाइएको छ । सबै जनाको राहदानी फारमसँगै नागरिकताको प्रतिलिपि संलग्न छ भने पुनको भने प्रतिलिपि संलग्न छैन । रुपन्देहीको देवदह निवासी पुनले नवलपरासीको सुनवल नगरपालिका–१ को ठेगाना उल्लेख गरेर ०५२१७४८८ नम्बरको राहदानी लिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले राहदानी फारममा नागरिकताको प्रतिलिपि संलग्न हुनपर्ने भएपनि रेकर्डमा नदेखिएको बताए । ‘जिल्ला प्रशासन कार्यालयबाट सुनिलकुमारको नाउँबाट नयाँ नागरिकता बनाएको भने देखिएन । राहदानीमा नागरिकताको नम्बर मात्र उल्लेख छ । अनुसन्धानका क्रममा नागरिकता नम्बर मिलाउँदा अर्कैको देखिएको छ ।’ प्रजिअ मगरले भने ।

राहदानी लिँदा नागरिकताको अभिलेख भिडाउनु पर्ने र त्यती बेलै झुठो कागजपत्र पेश गरिएकोबारे कर्मचारीले हेक्का राख्नु पर्ने उनलको भनाइ छ । नागरिकता बिना नै राहदानी दिनुमा कर्मचारीको कमजोरी भएको उनले बताए । पुनको नागरिकता र राहदानी बारे सम्बन्धित निकायले विवरण माग गरेकाले सोही अनुसारको उल्लेख गरेर पठाइएको उनले बताए ।

विभिन्न व्यक्ति हत्याका योजनाकार रहेका पुनलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेको थियो । उनी गत बुधबार रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरी मुठभेडमा मारिएका हुन् । मुठमेडमा पुनसहित उनका सहयोगी मानिएका सोम आलेसमेत मारिएका थिए ।

२०७३ पुस ४ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुटवलमा हत्या भएपछि उनी गुण्डा नाइकेको रुपमा चर्चित थिए । उनी माथि २०७४ पुसमा रुपन्देहीको देवदह नगरपालिका–५ का व्यवसायी बलु भनिने वसन्त पौडेल र निर्माण व्यवसायीका अध्यक्ष शरदकुमार गौचनको हत्या योजनाका मुख्य नाइकेको रुपमा प्रहरीले खोजी गरिरहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.