कालिकोटमा सुरु भयो स्वास्थ्य बिमा
कालिकोट : कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना एवं जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो ।
जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा अभिमुखीकरण गरेर कार्यक्रम लागू भएको स्वास्थ्य बिमा बोर्डबाट खटिएका कर्मचारी कपिलदेव अर्यालले बताए । बुधबार उनले जिल्लाको सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकामा सरोकारवालालाई यसबारे जानकारी दिए । अब क्रमशः अन्य नगरपालिकामा पनि गएर अभिमुखीकरणसहित स्थानिय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गरिएको उनले बताए ।
जिल्लाको खाँडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका, पलाता, पचालझरना र शान्नित्रिवेणी गाउँपालिकामा अभिमुखीकरण गरिसकिएको छ । अब नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका र महाबै गाउँपालिकामा स्वास्थ्य बिमा गर्ने तयारी रहेको उनको भनाइ छ ।
स्थानीय तहमा अभिमुखीकरण सकिएपछि स्वास्थ्य बिमाका कार्यक्रम गरिनेछ ।
स्थानीय तहमा अभिमुखीकरण सकिएपछि सबै प्रत्येक वडामा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट समिति गठन र अभिमुखीकरण अभियान थालिने उनले बताए । अभिमुखीकरण गरिएका नगरपालिका तथा गाउँपालिकाका वडास्तरमा समिति गठन सुरु भइसकेको जिल्ला स्वास्थ्य कार्र्यालय कालिकोटका सिनियर अहेव कटकबहादुर महतले बताए । सरकारले निकै प्राथमिकता दिएको स्वास्थ्य बिमा कार्यक्रममा स्थानीय सरोकारवालाले पनि सहयोग गर्न उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस !