२५ मेगावाट सोलार ऊर्जा एक वर्षभित्रै

२५ मेगावाट सोलार ऊर्जा एक वर्षभित्रै

काठमाडौं : विश्व बैंकको सहयोगमा निर्माणाधीन २५ मेगावाटको सोलार ऊर्जा आगामी एक वर्षभित्रै सञ्चालनमा आउने भएको छ । नुवाकोटको देवीघाटमा निर्माण भइरहेको यो सोलार ऊर्जामा विश्व बैंकले तीन करोड ७० लाख अमेरिकी डलर (करिब तीन अर्ब ८० करोड रुपैयाँ) ऋण सहयोग गरेको छ । यो ऊर्जा राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरिराज न्यौपानेले यो सोलार ऊर्जा निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनी राइजेन इनर्जीले पाएको जानकारी दिए । यो कम्पनीले गत फेब्रुअरी १४ देखि परामर्शदातामार्फत काम गरिरहेको छ । यो कम्पनीले वेयर हाउस निर्माण, कार्यालय स्थापना, डिजाइनिङसहिको काम गरिरहेको प्राधिकरणले जानकारी दिएको छ । सन् २०१९ को फेब्रुअरी १४ सम्ममा २५ मेगावाट सोलार ऊर्जा उत्पादन गर्ने र राष्ट्रिय प्रसारणमा जोड्ने समयसीमा निर्माण कम्पनीलाई दिइएको छ । यो कम्पनीले उत्पादन गरेको ऊर्जा राष्ट्रिय प्रसारणमा जोडिने अहिलेसम्मकै ठूलो क्षमताको सोलार हुने भएको पनि प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले दिएको जानकारीअनुसार यस अघि सन् २०११ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले उत्पादन गरेको ६ सय ८० किलोवाटको सोलार ऊर्जा राष्ट्रिय प्रसारणमा जोडिएको छ । यसबाहेक सिंहदरबारभित्र चिनियाँ सहयोगबाट उत्पादित ८९६ किलोवाटको सोलार ऊर्जा राष्ट्रिय प्रसारणमा जोडिएको छ । चिनियाँ अनुदानमा सिंहदरबारभित्रका र सरकारी निकाय अन्तर्गतका १९ वटा भवनको कौसीमा राखिएको सोलार प्यानलबाट उक्त ऊर्जा उत्पादन भएको छ । यो ऊर्जा राष्ट्रिय प्रसारणमै जोडिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का नमिलेको विषयमा भएको विवादका कारण तत्कालीन लेखा समितिले यो आयोजना निर्माण रोकिदिएको थियो । निर्माण कम्पनी राइजेनले ठेक्का पाइसकेको काम गर्न नपाइको भन्दै अदालत गएको थियो । अदालतबाट राइजेनकै पक्षमा फैसाल दिएपछि अहिले यसको निर्माण अगाडि बढेको उल्लेख छ ।

विश्व बैंकले नेपालको जलविद्युत् क्षेत्रमा खर्चने गरी दिएको १३ करोड अमेरिकी डलरमध्ये सोलारमा तीन करोड ७० लाख डलर मात्रै खर्चिँदै छ । विश्व बैंकले दिएको बाँकी नौ करोड ३० लाख अमेरिकी डलर भने विद्युतीकरण, चुहावहव नियन्त्रण, सवस्टेसन निर्माण गर्नेसहितको योजनामा खर्च गर्नुपर्ने उल्लेख छ ।

विश्वबैंकको यस्तो सहुलियत ऋणबाट सिन्धुली-दोलखा विद्युतीकरण, इलाम-पाँचथर विद्युतीकरण, गुल्मी-अर्घाखाँची-कपिलवस्तु विद्युतीकरण, सिन्धुली-रामेछाप ३३ केभीएको सव स्टेसनसहितको काम गर्ने भएको छ ।

देशको ऊर्जासंकट अन्त्य गर्न सरकारले ऊर्जा उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको भए पनि सोलार ऊर्जा महँगो भएको र नीतिगत अस्पष्टताका कारण प्राधिकरणले कुनै पनि निजी क्षेत्रसँग हालसम्म विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छैन । सिंहदारबारभित्र उत्पादन भएको सोलार ऊर्जा चीन सरकारले अनुदानमा बनाइदिएकाले यो ऊर्जा सीधै राष्ट्रिय प्रसारणमा जोडिएको हो ।

सरकारले निजी क्षेत्रलाई ऊर्जा उत्पादन गर्न प्रोत्साहन गरेको भए पनि निजी क्षेत्रले उत्पादन गर्ने तयारी गरेको ६१ मेगावाटको सोलार ऊर्जा प्राधिकरणले खरिद गरेको छैन । प्राधिकरणको दरभन्दा महँगो प्रस्ताव गरेकाले खरिद नगरेको हो । नीतिगत अस्पष्टता र आयोजना निर्माण समयसीमा भन्दा ढिलो भएकाले हालसम्म कुनै पनि निजी क्षेत्रले उत्पादन गरेको सोलार राष्ट्रिय प्रसारणमा नजोडिएको प्राधिकरणको भनाइ छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फ हुने सोलारको प्रयोग हालसम्म घरायसी प्रयोजनमै सीमित छ । इन्फो

सन् २०१९ को फेब्रुअरी १४ सम्ममा २५ मेगावाट सोलार ऊर्जा उत्पादन गर्ने र राष्ट्रिय प्रसारणमा जोड्ने समयसीमा निर्माण कम्पनीलाई दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.