गठबन्धन भित्रबाटै नयाँ सरकार बन्छ, प्रधानमन्त्री भोलि टुंगो लाग्छ : सञ्चारमन्त्री कार्की

गठबन्धन भित्रबाटै नयाँ सरकार बन्छ, प्रधानमन्त्री भोलि टुंगो लाग्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं : सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ। बैठक भोलि (शनिबार) बिहान ९ बजे बस्नेगरी स्थगित भएको नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा नेताहरूबीच राजनीतिक अवस्था र आगामी दिनमा कसरी जाने भनेर छलफल भएको कार्कीको भनाइ छ। 'निर्वाचनपछि पहिलोपटक पाँच दलीय गठबन्धनको बैठक बस्यो। जनताको अभिमतलाई सम्मान गर्दै अगाडि बढ्ने सहमतिमा पुगेका छौं,' उनले भने।

उनले प्रधानमन्त्री को बन्ने कुरा गठबन्धनका लागि गौणको विषय भएको बताए। जनताको आकांक्षा नै गठबन्धनको मूल कुरा भएको उनले स्पष्ट पारे।

उनले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे। प्रधानमन्त्रीको टुंगो भने भोलिमात्र लाग्ने उनको भनाइ छ। 'गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्छ। यसमा दुई मत नहुनुहोला। प्रधानमन्त्रीको टुंगो भोलि लाग्छ,' उनले भने। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित, कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की सहभागी थिए। त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसाल सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.