जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम :  जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरीले अवरोध गरेको हो । 

सो अवरोधको क्रममा दुवै पक्षबीच झडप भइरहेको छ भने जनमतका केही कार्यकर्ताहरु घाइते समेत भइसकेको जनमत प्रेस मञ्चका संयोजक बिपि साहले जानकारी गराए । 
जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘पहिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो । किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ । तर, बिहानैदेखि नगरक्षेत्रमा पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडपको माहोल सिर्जना भएको हो । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.