ललितपुरको मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको मनोनयन दर्ता

ललितपुरको मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको मनोनयन दर्ता

काठमाडौं : ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले मनोनयन दर्ता गराएका छन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यालयमा पुगेर एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

को हुन् हरिकृष्ण व्यञ्जनकार ?

हरिकृष्ण व्यञ्जनकार, ललितपुरमा एउटा असल राजनीतिज्ञका रुपमा परिचित छन्। २०४६ सालको जनआन्दोलनदेखिका हरेक आन्दोलनमा सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका निर्वाह गरेका एउटा अथक योद्धा हुन्। 

गएको निर्वाचनमा मतगणनामा नेपाली कांग्रेसले धाँधली गरेका कारण ३२६ मतले हार बेहोर्नुपरेको एमालेले जनाएको छ। २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले मत गणना गर्दा धाँधली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा पर्दा अदालतले जिल्ला निर्वाचन कार्यालय ललितपुरसँग मत गणनाको फाइल झिकाएको थियो। त्यसबेला अदातलले ढिलो रिट दायर गरेको, प्रमाण पनि नपुगेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनलाई जिताएको थियो।

२०१२ साल भदौ १३ गते जन्मिनुभएका ब्यञ्जनकारले सानैदेखि वामपन्थी विचारधारा बोकेका थिए। उनी अहिले नेकपा एमालेका केन्द्रीय सदस्य रहेका छन्। विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट २०३८ सालमा व्यवस्थापन संकायबाट स्नातकोत्तर ( एमए) तहको अध्ययन पूरा गरेका ब्यञ्जनकारले कुशल राजनीतिज्ञको परिचय बनाएका छन्।

पार्टीमा निरन्तर सक्रिय रहेपछि उनले ललितपुर जिल्ला पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउन थाले। २०४९ सालदेखि उनले पार्टी नगर कमिटीको सचिव र जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाए। उनीसँग टनकपुर सन्धिको विरोधमा नेतृत्वदायी भूमिका खेलेको अनुभव छ। २०५० सालमा दासढुङ्गामा जननेता मदन भण्डारी र जिवराज आश्रितको षडयन्त्रपूर्ण हत्याभएपछिको आन्दोलनमा ललितपुर जिल्लाबाट ब्यन्जनकारले नेतृत्व गरेका थिए।

ब्यन्जनकार २०६४ सालको निर्वाचनमा जिल्लाबाट निर्वाचन उप कमाण्डर र २०७० सालमा कमाण्डरको भूमिकामा थिए। उनी २०६५ सालमा आठौं महाअधिवेशन प्रतिनिधि र २०७० सालको जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित  भए। जिल्लामा हुने पार्टीको राजनीतिक आरोह र अवरोहबाट पाको भैसकेका ब्यञ्जनकारले २०७४ सालको संसदीय निर्वाचनमा जिल्लामा संघ र प्रदेशका नौवटै सिटमा पार्टीलाई सानदार विजय हासिल गराउन नेतृत्वदायी भूमिका निर्वाह गरे।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि संयुक्त कार्यदलबाट जिल्ला अध्यक्षमा सिफारिस भई २०७५ देखि २०७७ सम्म ब्यन्जनकारले ललितपुर जिल्ला पार्टी अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए। 

२०७७ साल फागुनमा एमाले पुनःस्थापनपछि सो पार्टीको ललितपुर जिल्ला अध्यक्ष, २०७८ सालको दशौं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका ब्यन्जनकार हाल ललितपुर जिल्लाको सह इन्चार्ज हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.