लोसपाले बुझायो समानुपातिक सांसदको सूची, यी हुन् प्रदेशसभाका तीन सांसद
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाएको छ। लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो।
लोसपाका नेता केशव झाका अनुसार मधेस प्रदेशमा रुपा कुमारी यादव (मधेसी महिला), रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) र लुम्बिनी प्रदेशमा हेमा बेल्वासे केसी (खस आर्य महिला)को नाम सिफारिस गरेको हो।
तीनै जनाको नाम शुक्रबार निर्वाचनमा आयोगमा बुझाइएको नेता झाले बताए। महन्थ ठाकुर नेतृत्वको लोसपाले राष्ट्रिय दलको मान्यता नपाए पनि प्रतिनिधिसभातर्फ ४ सिट जितेको छ।
प्रतिक्रिया दिनुहोस !