शरणार्थीहरुलाई परिचय पत्र दिने सरकारको तयारी

शरणार्थीहरुलाई परिचय पत्र दिने सरकारको तयारी

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका शरणार्थीहरुलाई परिचपत्र दिने तयारी भइरहेको बताएका छन्। राष्ट्रिय सभामा सोमबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले परिचयपत्र लिन छुटेकाहरुलाई दिने तयारी भइरहेको बताए।

'विभिन्न समयमा र विभिन्न भूभागबाट नेपालमा आएर बसेका शरणार्थीहरु पनि नागरिक नै हुन्। उनीहरुको पनि मानव अधिकार छ। त्यसैले छुटेकाहरुको हकमा परिचय पत्र बनाउने गृहकार्य भइरहेको छ। उनीहरु नेपालमा सहज जीवन जीउन सकोस् भन्ने हाम्रो चाहना हो,' उनले भने।

उनले नेपालमा रहेका शरणार्थीहरुलाई सरकारले नीति बदलेर कोरोनाविरुद्धको खोप दिएको बताए। 'कोभिड महामारीको बेला नेपाली नागरिकले मात्रै भ्याक्सिन पाउने प्रावधान थियो। त्यो बदलेर नेपालमा बसोबास गर्ने सबैलाई दिनुपर्छ भनेर नीति बदलेर भ्याक्सिन दिइएको छ। त्यसमध्ये पहिचान खुलेका शरणार्थी र नखुलेका शरणार्थीहरु पनि रहेका छन्,' उनले भने। 

उनले नेपालमा रहेका शरणार्थीहरुको पनि बालबच्चा जन्मिएको र हुर्किएको भन्दै उनीहरुको दायित्व हाम्रै समाज र सरकारले लिने बताए। 'उनीहरुको जीवनयापन सहज होस् र उनीहरुले मानव अधिकार प्राप्त गरुन् भन्ने हाम्रो चाहना हो, सरकारको चाहना हो,' उनले भने, 'पछिल्लो पटक कतिपय शरणार्थीका नेपालमै बालबाच्चाहरु जन्मिएका छन्। तिनीहरु हुर्किँदै छन्, बढ्दै पनि छन्। उनीहरुको दायित्व पनि हाम्रो समाज र सरकारको हो,' उनले भने। 

राष्ट्रियसभा सदस्य सोनाम गोल्ज्यान शेर्पाले नेपालमा तीन पुस्तादेखि शरणार्थी बसेको र पहिलो लटकाले परिचय पत्र पाएर कानुनी मान्यता पाए पनि उनीहरका छोरा नातीले नपाएको भन्दै प्रश्न गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.