४२ दिनपछि छाड्यो रास्वपाले सरकार

४२ दिनपछि छाड्यो रास्वपाले सरकार

काठमाडौं : सरकारमा सहभागी भएको ४२ दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिएको छ। मंसिर ४ गतेको निर्वाचनबाट रास्वपा संसद प्रवेश गरेको थियो। उपप्रधान तथा गृहमन्त्रीसहित पुस ११ गते सरकारमा गएको थियो।

गृहमन्त्री बनेका रास्वपाका सभापति रवि लामिछानेको नागरिकताको विवादका कारण १३ गते सांसदसमेत नरहने गरी पद गएको थियो। त्यसको दुई दिनपछि पुनः नेपाली नागरिकता लिएका रवि लामिछानेले पुनः गृहमन्त्री बनाउनुपर्ने माग गरेका थिए।

तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नदिने प्रतिक्रिया दिएपछि सरकार छाड्ने चर्चा सुरु भएको थियो। आइतबार रास्वपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

यससँगै रास्वपाका तीन मन्त्री फिर्ता हुने भएका छन्। श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका हुन्। उनीहरू २० दिनपछि फिर्ता हुन लागेका हुन्। उनीहरू गत ३ माघमा मन्त्री पदमा सपल लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.