कतै गठबन्धन, कतै एकल

कतै गठबन्धन, कतै एकल

स्थानीय निर्वाचनमा महानगर र उपमहानगरमा मात्रै नभई नगरपालिका र गाउँपालिकाका वडासम्म नै गठबन्धन र एकलाएक्लै चुनावी प्रतिस्पर्धामा उम्मेदवार उठेका छन्। सुनसरीका १२ वटै स्थानीय निकायमा विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। सुनसरीको इनरुवा नगरपालिकामा कांग्रेस केदार भण्डारी, विनितादेवी मेहता तथा एमालेको तर्फबाट सरोज पोखरेल र सहजावी प्रवीणले क्रमशः मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। 

प्रवीणले कांग्रेसमा टिकट नपाएपश्चात् सोमबार नै एमाले प्रवेश गरेर उपमेयरको टिकट पाएकी थिइन्। बराहक्षेत्र नगरपालिकामा एमालेका नीलम खनाल, नन्दकुमारी राई गठबन्धनको तर्फबाट कांग्रेसका रमेश कार्की माओवादीबाट अमित गौतमले क्रमशः मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका छन्। 

रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी, तारा थापा तथा कांग्रेसका सुदीप अधिकारी र आशा चौधरीले क्रमशः मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका छन्। दुहबी नगरपालिकामा कांग्रेसका वेद गच्छदार, मेनुका खतिवडा तथा एमालेका तर्फबाट विनय पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। 

देशकै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा सोमबार शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता भएको छ। आइतबार र सोमबार गरी दुईदिन उम्मेदवारीको समय तोकिए पनि पहिलो दिन सुनसान देखिएको थियो भने दोस्रो भीडभाड देखिएको थियो। पहिलो दिनमा साना दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए। 

दोस्रो दिन ठूला दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिएका छन्। आइतबार पहिलो दिन २० वटै स्थानीय तहमा विभिन्न दलबाट ४९ जनाले अध्यक्षमा २४ जनाले उपाध्यक्षमा १ सय ४२ जनाले वडाध्यक्षमा १ सय ६२ जनाले खुला वडा सदस्यमा ८१ जनाले महिला वडा सदस्यमा र ८२ जनाले दलित महिला सदस्यमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। 

जिल्लाको सबै निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको क्रममा शान्तिपूर्ण तरिकाले भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्। अछाममा दुई दलले महिलालाई पालिकाका प्रमुखको उम्मेदवार बनाएको छ। 

नेपाली कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउनेले उम्मेदवारी दर्ता गराएकी छन् भने नेकपा एमालेबाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरले दर्ता गराएकी छन्। चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुन्। कुँवर नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील छन्। 

स्थानीयतहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पद अनिवार्य भनेपछि गठबन्धनका कारण कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाएका छैनन्। साँफेबगर र मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिमा गठबन्धन दल नेपाली कांग्रेस र समाजवादीले दुवै पदमा पुरुषलाई उम्मेदवार बनाएको छ। 

जाजरकोटमा धेरैजसो पालिकामा प्रमुख पार्टीहरूको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनले जिल्लाका सातवटै पालिकामा भागबन्डा गरे पनि छेडागाड बाहेक सबैमा आआफ्नो दलले छुट्टाछट्टै उम्मेदवारी दिएका छन्। छेडागाडमा गठबन्धनबाट कांग्रेसका रत्नबहादुर खड्का मेयरमा र माओवादी केन्द्रका चन्द्रबहादुर थापा अपिल, एमालेबाट मेयरमा लालबहादुर महतारा र उपमेयरमा अञ्जु थापा केसीको उम्मेदवारी परेको छ। राजविराजमा टिकट नपाएपछि रातारात पार्टी परिवर्तन गर्नेहरूले नै नयाँ पार्टीबाट उम्मेदवारी  पाएका छन्। 

जसपाबाट भीमराज यादवले टिकट पाएपछि अर्का दावेदार राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले नेकपा (माओवादी) केन्द्रबाट नगर प्रमुखमा उम्मेदवारी दिएका छन्। माओवादीबाट छिन्नमस्ता गाउँपालिका अध्यक्षमा विनोद यादवले टिकट पाएपछि अर्का दावेदार जयप्रकाश यादवले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका छन्।

डडेल्धुुराचको परशुराम नगरपालिकामा देश कै कान्छा युवा उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। २०४९ सालमा जोगबुढाको लालढुगांमा जन्मेका ३० वर्षीय भरत बडायर जोशीले परशुराम नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका हुन्। बुवा चन्द्रकान्त बडायर जोशी र आमा मंगलादेवी बडायर जोशीका कान्छा छोरा भरतले परशुराम नगरमा युग सुहाउँदो विकास निर्माण गर्ने प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेसका तर्फबाट मेयरपदमा मनोनयन गरेका हुन्।

कर्णालीका केही स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी दर्ता भएको छ। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट मोहनमाया ढकालको उम्मेदवारी परेको छ। जहाँ उपप्रमुखमा नीलकण्ठ खनालको उम्मेदवारी परेको छ। यस्तै दैलेखको नारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट निर्मला खड्का थापाको उम्मेदवारी परेको छ। कांग्रेस सभापति मणिराम रेग्मीका अनुसार गठबन्धन दलहरूको सहमति अनुसारमा प्रमुखमा कांग्रेसबाट खड्का र उपप्रमुखमा सावित्री मल्लको उम्मेदवारी दर्ता भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा एकै पार्टीका दुई जनाले उमेदवारी दिएका छन्। शुक्लाफाँटा नगर समितिले ३ जना आकांक्षीको नाम प्रदेश समितिमा सिफारिस गरेको थियो। प्रदेशले पहिलो नम्बरमा सिफारिस भएका लोकबहादुर ऐरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कैलालीको लम्की चुहा नगरपालिकामा पनि नेपाली कांग्रेसले एउटै पालिकामा दुई जनालाई टिकट दिएको छ। केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले भक्त थापालाई टिकट दिएको पाइएको हो। महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट दुई जनाको शिफारिस भएकोमा अन्नतः चिरन्जीवी हमालको मनोनयन दर्ता भएको छ।

लुम्बिनी प्रदेशका १०९ पालिकामा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको छ। प्रमुख दलमध्ये नेकपा एमालेले एकल रूपमा र सत्तारुढ दलले कतै गठबन्धन तथा कतै दलगत एकल उम्मेदवारी दर्ता गरेका छन्। रुपन्देहीमा १६ पालिकामै गठबन्धन भत्किएको छ। बुटवल उपमहानगरमा जसपाबाहेक दलको गठबन्धन छ भने अन्य पालिकामा कांग्रेस र माओवादी मात्रै गठबन्धनमा सामेल भएका छन्। 
एमालेले बुटवल र तिलोत्तमा नगरपालिकामा जनमुक्ति पार्टीसँग तामेल गरेर उम्मेदवारी दर्ता गरेको छ। अन्तिम समयमा गठबन्धन दलभित्र असन्तुष्टि देखिएपछि नेकपा एसले १३ पालिकामा छुट्टै उम्मेदवारी दर्ता गरेको छ। जसपाले सबै स्थानमा एकल उम्मेदवारी दर्ता गरेको छ।

गोरखामा सबै पार्टीले सबै पालिकामा अलगअलग मनोनयन दर्ता गरेका छन्। महानगरगर्ने अन्तिम दिन सोमबार नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकामा मनोनयन दर्ता गराएको छ। गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयरमा मसलीमाया थोकर(सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन्। उदयपुरका दुई स्थानीय तहमा सत्तासाझेदारबीच बनेको गठबन्धन भत्किएको छ। 

जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा, पूर्वी क्षेत्रको चौदण्डिगढी नगरपालिकामा गठबन्धन गर्ने सहमतिको निर्णय लत्याउँदै नेताहरूले उमेदवारी दर्ता गरेका छन्। पार्टीका निष्ठावान कार्यकर्तालाई पन्छाएको र नेतृत्वले आफूखुसी गोजीका मान्छेलाई टिकट दिएको भन्दै उनीहरूले असन्तुष्टि जनाई बागी उम्मेदवार दर्ता गराएका हुन्। उता  नेकपा (एकीकृत समाजवादी)ले कांग्रेस र माओवादी केन्द्रले आफूहरूलाई समानजनक ठाउँ नदिएको भन्द उमेदवारी दर्ता गराएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.