स्वार्थी साथी

स्वार्थी साथी

हरि धूर्त थिए। उनका साथी बरी भने सोझो खालका थिए। उनी अन्धविश्वासमा पनि मक्ख पर्र्थे। एक पटकको घटना हो। हरिलाई हरेक खानेकुरा खाइरहनु पथ्र्यो। जति खाए पनि उनी अघाउन्नथ्ये। एक्लो बसाइले पनि उनी दिक्क भइसकेका थिए। कोही साथीसँग कतै गएर मिठो खान पाए हुने भन्ने विचार उनको मनमा आयो। धेरै साथी सम्झिए। अन्ततः बरीलाई साथ लिएर आफ्नो भावी ससुराको घर जाने निर्णय गरे। बरी पनि त्यसका लागि तुरुन्तै तयार भए।

त्यसपछि हरि र बरी त्यसतर्फ लागे। केही घण्टाको हिँडाइपछि उनीहरू जंगलको बीचतिर पुगे। हरिले भने, ‘साथी बरी, मैले तपाईंलाई एउटा गम्भीर विषयबारे भन्नु छ।’ बरीले भने, ‘भन्नुस् साथी, म तपाईंका लागि जे गर्न पनि तयार छु। बरु भन्नुस्, त्यो काम गर्न म सक्छु कि सक्दिनँ ?’ हरिले काम सामान्य भएकाले सजिलै सक्ने बताए। हरिले भने, ‘के तपाईंले जडीबुटी देख्नुभएको छ ? यसबारे थाहा छ ?’ बरीले थाहा भएको संकेत टाउको हल्लाएर गरे। ‘उसो भए भरे खाना खाने बेलामा सानो सहयोग गर्नुपर्छ। खाना खान थाल्दा मलाई पेट दुख्छ। त्यसबेला यही ठाउँमा आएर यो जडीबुटी लिन दौडिनु र यसको जरो खनेर पखालेर ल्याएर दिनू। त्यसपछि म सजिलैसँग खान सक्छु।’बरी साथीका लागि काम गर्न तयार भए।

दुवैजना जंगलको बाटो हिँडेर घर पुगे। हुन लागेका सम्भावित ज्वाइँ पुगेपछि परिवारले स्वागत गर्‍यो। उनीहरूको सम्मानमा निकैबेर लगाएर भोज तयार पारियो। खान निम्ता भएपछि दुवै पुगे। जब खान सुरु भयो तब हरिले बरीलाईभने, ‘मित्र, मेरो पेट दुख्न थाल्यो। हतार गर्नुहोस्।’बरी सुटुक्क बाहिर निस्किए र दौडिए। हरिले सम्पूर्ण भोज स्वादले खाए। खाइसक्दा बरी जडीबुटी लिएर फर्किए। त्यसबेलासम्म खानेकुरा सकिएर भाँडा माझ्ने काम पनि सकिएको थियो। बरीले आफूलाई धोका भएको बुझे। 

नैतिक शिक्षा : जीवनमा केही पात्र धेरै चतुर र धूर्त हुन्छन्। तिनले सधैं तपाईंलाई पछाडि पार्न खोज्छन्। त्यस्ता पात्र चिनेर आफू होसियार हुनुपर्छ। तिनको तरिका नक्कल गर्नु हुँदैन। ताकि अरूलाई त्यसरी दुःख दिने सोच तपाईंमा आयो भने अर्को व्यक्ति तपाईंजस्तै सिकार हुन सक्छन्। अथवा तिनले जस्तो तपाईंले अरूबाट फाइदा लिन सक्नु हुन्छ भन्ने पनि छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.