खेलकुद मन्त्री गहतराजद्धारा श्रेष्ठलाई 'वर्ल्ड बुक अफ रेकर्ड' को प्रमाणप्रत्र हस्तान्तरण

खेलकुद मन्त्री गहतराजद्धारा श्रेष्ठलाई 'वर्ल्ड बुक अफ रेकर्ड' को प्रमाणप्रत्र हस्तान्तरण

काठमाडौं : विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन्। बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालनगरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल भएका हुन्।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन्। मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री गहतराजले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन्। त्यसक्रममा मन्त्री गहतराजले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए। साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री गहतारजले आग्रह गरेका छन्।  

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए। यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.