बन्दीपुरमा अब केबलकार

बन्दीपुरमा अब केबलकार

दमौली : प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण चिनिएको पुरानो सांस्कृतिक गाउँ बन्दीपुरमा केबलकार सेवासमेत सुरु हुने भएको छ। झन्डै आठ वर्षअघि लाइसेन्स लिएको बन्दीपुर केबलकार कम्पनीले यही असारबाट काम थाल्दै छ। कम्पनीले ५५ करोड लागतमा १६ सय मिटर दूरीको केबलकार सुरु गर्ने केबलकारको निर्माण होल्डिङ कम्पनी आरकेडी रियल स्टेट कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। सोही कम्पनीले कास्कीको सराङकोटमा समेत केबलकार निर्माण गर्दै छ।

प्राकृतिक हिसाबले बन्दीपुरमा आउने ठूलो संख्याका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ केबलकार स्थापना गर्न लागिएको शर्माले बताए। ‘बन्दीपुरमा आउने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्दो छ’, उनले भने, ‘उनीहरूलाई केबलकार अर्को आकर्षण बन्न सक्छ।’ मनोरञ्जनका लागि खर्च गर्नेको संख्या बढ्दै गएको भन्दै उनले केबलकारबाट देखिने हिमाल र बन्दीपुरको सांस्कृतिक सम्पदाको दृश्यावलोकन फरक स्वाद हुने बताए। ‘राजमार्गबाट नजिकै भए पनि यसले दिने आनन्द बेग्लै छ,’ उनले भने।

पृथ्वीराजमार्गको डुम्रेबाट बन्दीपुरे उकाली हुँदै केबलकार बन्दीपुरको चुचुरोसम्म पुग्नेछ। डीपीआर सबै सकिएको केबलकार निर्माणका लागि स्थानीयको समेत लगानी भिœयाउने गरी काम भइरहेको अर्का लगानीकर्ता धर्मराज भण्डारीले बताए। कम्पनी लिमिटेडका रूपमा बन्दीपुर केबलकार लिमिटेड कम्पनीले स्थानीयको समेत लगानीमा निर्माण उनले बताए। स्थानीयलाई ३० प्रतिशतसम्म सेयर दिने तयारी कम्पनीको छ।

दसैंसम्ममा केबलकार तयार हुने अध्यक्ष शर्माले दाबी गरे। केबलकार अस्ट्रियन प्रविधिको हुनेछ। यसका लागि कोलकाताको दामोदर रोपवेलाई जिम्मा दिन लागिएको छ। ‘नेपालमै आधुनिक र आरामदायी केबलकार बन्दीपुरमा आउनेछ’, उनले भने। यससँगै सराङकोटमा समेत केबलकार भिœयाउने तयारी गरेको कम्पनीले बन्दीपुरमा सात ठाउँमा पोल राख्ने तयारी गरेको छ। बन्दीपुरमा केबलकार बन्ने चर्चा चलेको दशक पुग्न लागे पनि निर्माण सुरु नभएकाले स्थानीय भने आश्वस्त हुन सकेका छैनन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले केबलकार भित्रिएमा बन्दीपुरको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। ‘यसले बन्दीपुरको पर्यटनमा नयाँ आयामको भूमिका खेल्नेछ’, उनले भने, ‘हामी लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन तयार छौं।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.