कोरियाली प्रायद्वीपमा चीनको भूमिका महत्वपूर्ण : अमेरिका
वासिङटन : अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्वीपको विषयमा चीनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
केही विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले भने, ‘यस विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाबारे हामीले प्रशस्त मात्रामा कुरा गर्ने सक्नेछौँ।’
अमेरिका र उत्तर कोरियाबीच आगामी मंगलबार शिखर वार्ता आयोजना गरिएको छ। त्यसका लागि दुवै देशले वार्ताको अन्तिम तयारी भएको जनाएका छन्। वार्ताको बारेमा अमेरिकी विदेशमन्त्रीले दिएको यो प्रतिक्रियालाई अर्थपूर्ण रूपमा लिइएको छ। चीनले अहिलेसम्म खेलेको भूमिका सकारात्मक रहेको उनले बताएका छन्। यसै वार्ताको विषयलाई लिएर उत्तर कोरियाली नेताले चिनियाँ राष्ट्रपति किम जोङ उनसँग भेटवार्ता गरेका छन्। त्यसैले यो वार्ताको वातावरण निर्माण पनि भएको छ। ‘चीनले सकारात्मक र रचनात्मक रूपमा यस वार्तालाई लिने हो भने कोरियाली प्रायद्वीपमा शान्तिको स्थापना र दुई कोरियाबीचको युद्धको अन्त्य धेरै टाढा छैन’, माइकले भने।
अमेरिकी विदेशमन्त्री पेम्पेओ आगामी जुन १४ मा चीन जाने भएका छन्। उनले अन्तर्वार्तामा उक्त खुलासा गरेका छन्। उनले चीन अमेरिकापछिको विश्वको ठूलो अर्थतन्त्र भएको र उत्तर कोरियाको छिमेकी पनि भएको उनले चर्चा गरे। यस कारणले पनि अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताबारे चीनले निर्वाह गर्ने भूमिका बडो महत्वपूर्ण हुने उनले स्पष्ट पारे। उनले आवश्यक परे थप सकारात्मक भूमिका खेल्न पनि चीनलाई सुझाव दिएका छन्। उनले कोरियाली प्रायद्वीपको समस्यालाई शान्तिपूर्ण मध्यमबाट समाधान गर्नु नै सबैको हितमा रहेको पनि बताएका छन्।
ट्रम्प क्यानडाबाटै सिंगापुर जाने
वासिङटन : अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानडाबाट सीधै सिंगापुर जाने ह्वाइट हाउसले जानकारी दिएको छ। ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले क्यानडामा भइरहेको जी ७ को सम्मेलनका लागि शनिबार राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गरेको पनि बताइन्। क्यानडाको क्युबेकमा आइतबार जी ७ को बैठकमा उनी सहभागी हुनेछन्। ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा द्वीपमा अवस्थित कापेला होटेलमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ। ट्रम्प सिंगापुरमा कति दिन बस्ने हुन् भन्ने केही खुलाइएको छैन। ट्रम्पले भने, ‘एक दुई वा तीन जति दिन पनि हुनसक्छ तर त्यो त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ।’ यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका आइपुगेका छन्।
शिखर वार्ताको ६ दिनअघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रूपमा रहेको जापानका प्रधानमन्त्री आबेले ट्रम्पसँग शिखर वार्ताकै विषयमा आवश्यक छलफल गरेका थिए। अहिले पनि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ता भइरहेका छन्। ट्रम्पले वातापूर्व विभिन्न देशका प्रमुखहरूसँग फोनवार्ता गरिरहेका छन्। ती वार्तामा आगामी शिखर वार्ताको बारेमा अमेरिकाले विभिन्न देशको धारणा बुझ्ने काम गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो अनेकौँ उत्तर कोरियासँगको शिखरवार्ता अभूतपूर्व भएको बताएका छन्।
पुटिन-सी भेटवार्ता
चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। शुक्रबारै रूसी राष्ट्रपति पुटिन बेइजिङ आइपुगेका थिए। दुई नेताबीच अमेरिकासँगको कूटनीतिक सम्बन्ध र आर्थिक चुनौतीको विषयमा वार्ता भएको बताइएको छ। पुटिन गत मार्चमा चौथो कार्यकालको लागि गत मार्चमा निर्वाचित भएका थिए। पुटिनको स्वागत कार्यक्रममा दुबै राष्ट्रप्रमुखले चिनियाँ सेनाको विशेष सलामी ग्रहण गरेका थिए। दशकौँदेखि शक्तिमा रहन सफल यी दुई नेताबीच सम्बन्ध थप बलियो भएको छ। यी दुई देश आर्थिक रूपमा पनि सम्पन्न हँुदै गएपछि अमेरिकामाथि पनि आर्थिक प्रतिद्वन्द्वीको रूपमा चुनौती थपिएको छ।
प्रतिक्रिया दिनुहोस !