पोखरामा शैक्षिक सम्मेलन हुने

पोखरामा शैक्षिक सम्मेलन हुने

काठमाडौँ : बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालले पोखरामा शैक्षिक सम्मेलन गर्ने भएको छ। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठले क्लवका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन गर्न लागेको जानकारी दिए । किवानिज इन्टरनेशनल नेपालको केन्द्रीय कमिटीको बैठकले आगामी भदौँ १५ गते पोखरामा  शैक्षिक सम्मेलन गर्ने निर्णय गरेको हो।

सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले तीन दिनसम्म सञ्चालन हुने उक्त शैक्षिक सम्मेलनमा क्वलका अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिर्वाय उपस्थिति हुने बताए । उनले सम्मेलनमा किवानिजको अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमलेबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधि सिकाइने जानकारी दिए ।

सचिव लम्सालले यस सम्मेलन मार्फत् आगामी बर्षका लागि चयन भएका किवानिज क्लवका पदाधिकारीलाई क्लवको गतिविधिलाई अनलाइन पोर्टल मार्फत अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष सुजनकुमार श्रेष्ठले हाल नेपाल भित्र २१ वटा किविनिज क्लवमा ५ सय भन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गरे । ‘सिन्धुपाल्चोकमा १ हजार भन्दा बढी बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौं।

नवलपरासीमा बालबालिकाको नेतृत्व विकासका लागि के–किड्ज क्लब, हेटौडमा सडक बालबालिकाका लागि मामा घर नेपाल, पोखरामा ५० जना बालबालिकाका लागि झोला र स्टेसनरी र रुपन्देहीमा ५ सय जना बालबालिकालाई स्टेसनरी प्रदान गदैँ आएका छौँँ ।’ उनले भने ।
त्यस्तै संखुुवासभामा २४ हजार बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएको उनले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.