शिख धर्मगुरुको हत्याविरुद्ध पाकिस्तानमा प्रदर्शन

शिख धर्मगुरुको हत्याविरुद्ध पाकिस्तानमा प्रदर्शन

पेशावर : पाकिस्तानको खैबर पख्तुनवा प्रान्तमा शिख धर्मगुरु चरणजीत सिंहको हत्याको विरोधमा सरकारविरुद्ध प्रदर्शन भएको छ । चरणजीत सिंहको हत्यापछि कुनै कारबाही नभएको भन्दै प्रदर्शन गरिउएको हो । धर्मगुरु चरणजीत सिंहको २९ मेमा गोली हानी हत्या गरिएको थियो । ५२ वर्षीय चरणजीत सिंह धर्मगुरुका साथै मानवाधिकारको पक्षमा आवाज उठाउँदै आएका व्यक्ति पनि हुन् । उनले पाकिस्तानमा अल्पसंख्यकको पक्षमा आवाज उठाउँदै आएका थिए ।

प्रहरीले आतंकवाद नियन्त्रण निकायसँग मिलेर काम गरिरहेको बताएको थियो । प्रदर्शनकारीले भने उनको हत्यामा पाकिस्तानी गुप्तचर निकायको हात रहेको दाबी गर्दै आएका छन् । पाकिस्तानमा अल्पसंख्यकको पक्षमा आवाज उठाउने व्यक्तिलाई सरकारी संरक्षणमै आक्रमण र हत्या गर्ने गरिएको उनीहरूको भनाइ छ । खासगरी जुलाईमा हुने निर्वाचमा उम्मेदवार बन्न सक्ने व्यक्तिको छानी छानी हत्या गरिन थालेको प्रदर्शनकारीको कथन छ ।

पेशावरमा शिख समुदायका प्रमुख रादेश टोनीले आक्रोश व्यक्त गर्दै भने, ‘यस्तो अत्याचार हामीले कहिलेसम्म सहनुपर्ने हो ? हामीलाई न्याय दिन सरकारले के गरेको छ ? १० जनाको मृत्यु भइसकेको छ ।’ यस्तो अवस्थामा सरकार मौन बसेको शिख धर्मावलम्बीको भनाइ छ । शिख सामाजिक कार्यकर्ता हरजीत सिंहले थुप्रैको हत्या हुँदा पनि सरकार मौन बसेको आरोप लगाए । हरजीतले भने, ‘सन् २०१४ मा भएका आक्रमणका दोषीलाई अहिलेसम्म पनि पक्राउ गरिएको छैन । हामी पाकिस्तान सरकारसँग अनुरोध गर्छौं, अपराधीलाई तत्काल पक्राउ गर ।’

पाकिस्तानमा बसोवास गर्दै आएका शिख मौलिक अधिकारबाट पनि वञ्चित छन् । खैबर पख्तुनवाका सामाजिक कार्यकर्ता सना एजाज भन्छिन्, ‘यहाँ सिर्जना भएको तनावपूर्ण वातावरण शान्त गराउनुको साटो निर्वाचनको मुखमा अल्पसंख्यक नागरिक विरुद्ध यस्ता आक्रमण र हिंसा हुने गरेका छन् ।’ राजनीतिक फाइदाका लागि सरकारले यस्ता अल्पसंख्यकमाथि अत्याचार हुँदा सरकार मौन बसेको उनको भनाइ छ ।

देशका सबै नागरिकको रक्षा गर्नु राज्यको उत्तरदायित्व भएको उनले बाइन् । पाकिस्तानका मुस्लिम, शिख, इसाई वा हिन्दु जो भए पनि राज्यले रक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘हाम्रो सरकार अल्पसंख्यक समुदायका व्यक्ति मारिनकै लागि जन्मिएका हुन् भन्ने व्यवहार गर्छ ।’ यस्ता व्यक्ति मारिएर आफूलाई केही फरक नपर्ने व्यवहार राज्यले देखाएको उनको कथन छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.